Our Cultures








हरेक ठाउँका मानिसहरु आ-आफ्नै धर्म सांसकृतिक तथा चालचलन संगै अगाडी बढिराखेको हुन्छन त्यसैले  नै मानिसहरुलाई विभिन्न ठाउं अनुसार फरक प्रकृतिको पाउन सकिन्छ। त्यस्तै हाम्रो गाउँ ठाउँमा पनि विभिन्न  धार्मिक रितिरिवाज अनुसार विभिन्न गतिविधिहरु संचालन हुदै आइरहेको छ, त्यहि मध्येको एक हो हिन्दु परम्परा अनुसार विभिन्न देवी देवताको पुजा आजा। हरेक वर्ष यस गाउमा पनि हिन्दु नारी हरुको चाड तिज संगै बडा दशैँ,दिवाली, चैत्रे दशैँ लगायत थुप्रै अन्य धार्मिक पुजा आजा संचालन गर्ने गरिन्छ। हिन्दुहरुको संस्कृति अनुसार यस गाउँका महिला दिदि बहिनि हरु पनि तिजको ब्रत बस्ने गर्दछन् भने बडा दशैंमा पुरुष मान्छे हरु पुजारीको रुपमा मन्दिरमा बस्ने गर्दछन। यहि बडा दशैँ र सानो दशैको पुजा आजा गर्नको लागि माइस्थान  मन्दिरको संचालन भैराखेको छ, जहाँ हरेक वर्ष बडा दशैँ र चैत्रे दशैको पुजा विभिन्न पशु पन्क्षि हरुको बलि संगै  गर्ने गरिन्छ। यसै गरि गाउँको केहि माथि दुर्लुङ्ग टोलमा पनि देवीको मन्दिर रहेको छ र उक्त मन्दिरमा पनि दशैंको अबसरमा बाख्रा बोकाको बलि संगै परेवा उडाएर  देवी भगवान को पुजा गर्ने गरिन्छ। त्यसै गरि परापुर्बकालदेखिको चलन अनुसार गाउँ क्षेत्रमा लामो समय पानि नपरी खडेरी पर्ने सम्भावना भयो भने आकाश बाट पानि पार्नकै लागि पन्चल  पुजा पनि गर्ने गरिन्छ। त्यस्तै यस गाउँमा बसोबास गर्ने मानिसहरुले आफ्नै जात तथा चलन अनुसार आ आफ्नो कुल (देउलि) देवताको पुजा पनि गर्ने गर्दछन। यहि कुल देवताको पुजा गर्नको लागि भुजेल, राम्जाली, सारुहरु भेडाको भालेजातिलाइ बलि दिने गर्दछन। जुन पुजा २ बर्षको अन्तरालमा हुने गर्दछ। त्यस्तै बलामी, थापा, सलामी, काउचा घर्ति लगायतले बोकाको बलि दिएर आफ्नो कुलको पुजा गर्ने गर्दछन, चिप्ले थापा हरुले बंगुरको बलि र  अन्य दर्जी, नेपाली हरुले कुखुराको बलि दिएर आफ्नो कुल पुज्ने गर्दछन। यसरि आफ्नो  कुलदेवताको पुजा पछि सबैले आफ्नो छिमेकी तथा आफन्तहरुलाई निमन्त्रना गरि भोज खुवाउने चलन छ। हिन्दुहरुको धर्म अनुसार बडा दशैको पुजा संगै एकादशीको दिन नेपालकै दुर्लव सराय नाच नाच्ने गरिन्छ र दशैको फूलमाला हरु पोखरी या खोलामा लागि दशैको पुजा अन्त्य गरिन्छ। 

Comments

Popular Posts