Ethnic Community

जातीय समुदायको कुरा गर्दा यस गाउँमा विभिन्न जातजातिका मानिसहरु बसोबास रहेको छ। यस गाउँमा बसोबास गर्ने विभिन्न जातजातिहरु मध्ये मगर जातिहरुको बाहुल्यता रहेको छ। यस गाउँमा बसोबास गर्ने अन्य जातिहरु मध्ये ब्रहामिन, गिरि, दर्जी, नेपाली, इत्यादी हुन्। यसै गरि मगर जातिहरु मध्ये पनि भुजेल जातिहरुको बाहुल्यता पाउन सकिनछ र अन्यमा थापा, घर्ति,राम्जाली , सलामी , बलामी, सारु, पेमी, सिंजाली इत्यादीहरु छन। यसरि विभिन्न जातजातिहरुको समिश्रण संगै समुदायको अस्तित्व रहेको छ। यो समुदायमा पुर्बजहरुको चलन जस्तै केहि कामहरु एक अर्काको परिवार संगै आलो पालोमा काम हरु गर्ने गरिन्छ। जसलाई हाम्रो स्थानिय भाषामा पर्म भन्ने चलन छ। 

Comments

Popular Posts