Baglung Daga-Tumdanda VDC

खर्बांग college img border="0" height="480" src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiWtCkEO5q_qCfIxvMV-jrXyjxomvAGsD0Y8NbuFJ1EL3V65lf5_hPZ1xPOV19fnvtRQZWdlZ2W8HfNThiv-zjt-IM1kWQhxtcPE8bGY9wSNaPKvl0QBcc4u52sp90UrtbTrQ1CtTXbWBGm/s640/154802_104871739583980_1660376_n.jpg" width="640" />





दगा Tumdanda बाग्लुंग जिल्लाको  ५९  गा. बि. स. मध्ये एक गा. बि. स. हो। यो बाग्लुंग सदरमुकाम बाट करिब ६०-६५ कि. मि. को दुरीमा रहेको छ, र यो गा. बि. स. गुल्मी जिल्लाको वामीटक्सार संग जोडिएर  रहेको छ, यस गा. बि. स. को पूर्वमा सिसखानी, दक्षिनमा रिघा तथा गुल्मी उत्तरमा जलजला  र पश्चिम पट्टि ग्वालीचौर गा. बि. स. रहेको छ।  यस गा. बि. स. मा करिब ६०००-७०००  मानिसहरुको बसोबास रहेको छ भने यस ठाउँको मानिसहरुको मुख्य पेशा भनेको कृषि तथा व्यापार ब्यबसाय हो। यस ठाउँलाई सम्भबत यातायात तथा संचारको दृष्टिकोणमा सदरमुकाम बाहिरको पहिलो गा. बि. स. मान्न सकिन्छ, किनकि गुल्मी जिल्लाको यातायात बिकाश संगै यस गा. बि. स. मा पनि यातायातको संचालन धेरै पहिले देखि नै भैसकेको थियो।   यस गा. बि. स. लाई बिज्ञान तथा प्रविधिको हिसाबमा पनि अग्रणी गा. बि. स. मानिन्छ। यस ठाउँमा सूचना तथा संचारको लागि सारथी  एफ.एम. संचालन भैराखेको छ, जुन यहाँका स्थानीय बासिन्दा दिनेश बलामीले फ़्रिक़ुएन्सि मेसिनको आविस्कार स्वंयम गरेका थिए। यस ठाउँमा स्थानीय तह बाटै बिधुतको विकासपनि गरिएको छ र उक्त बिधुत संगै घरेलु उह्योग (चिउरीको साबुन) बनाउने उद्योग संचालन पनि भैरहेको छ। यो ठाउँ विभिन्न ब्यबसाय तथा सुबिधाको  हिसाबमा (राङ्ग्दिफ़ात र खर्बांग ) बजारको रुपमा स्थापित भैसखेको छ।  यहाँका मानिसहरु होटेल ब्यबसाय, कपडाको ब्यबसाय, इलेक्ट्रोनिक ब्यबसाय तथा किराना मालसामानको ब्यबसाय बाट धेरै अगाडी पुगिसकेका छन। शैक्षिक स्तरको कुरा गर्दा यो गा. बि. स. क्रमिक रुपमा अगाडी बढिराखेको छ। यस गा. बि. स. मा प्रत्यक वडामा प्रारम्भिक बिद्यालय संगै २ वटा +२  संचालन भैराखेको छ भने उच्च तहको लागि नजिकै रुद्रावती मल्टिपल क्याम्पस रहेको छ। यस गा. बि. स. मा सुरक्षाको निम्ति इलाका प्रहरी केन्द्र रहेको छ। यस गा. बि. स. मा स्वास्थ्य क्लिनिक हरु पनि उपलब्ध छन् साथै वामिटक्सारमा  डैगोनोस्टिक  हस्पिटल संचालन रहेकोले केहि मात्रामा क्रिटिकल बिरामीहरुको लागि उपचारको लागि सुबिधा रहेको छ। यस गा. बि. स. मा मानिसहरुले कृषिको साथसाथै पशुपालन र माहुरीको ब्यबसाय पनि लोभलाग्दो तरिकाले अगाडी बढाइराखेका छन्। 

Comments

Popular Posts