Our Village Nepane


नेपाने गाउँ बाग्लुंग जिल्ला दगा गा. बि. स. अन्तर्गत पर्ने वडा न. १ एक  गाउँ हो । जुन बाग्लुंग जिल्लाको मध्ये भाग, गुल्मी जिल्लाको वामी टक्सार नजिकै  रहेको छ।  यस गाउँको पूर्व पट्टि सिसाखानी गा. बि. स. छ, दक्षिन साइडमा रिघा गा. बि. स., पश्चिम पट्टि ग्वालीचौर गा. बि. स. र उत्तर साइडमा जलजला गा. बि. स. रहेको छ। यो गाउँ संभबत दगा गा. बि. स. कै एक प्रमुख गाउँ हो। यस गाउँलाई घरधुरी, जनसंख्या तथा क्षेत्रफलको हिसाबमा एक प्रमुख  गाउँ मान्न सकिन्छा।   यस गाउँ करिब १५0 घरधुरीले भरिएको छ। यस गाउँमा बसोबास गर्ने मानिसहरुको मुख्य पेशा भनेको कृषि खेतीपाती र  बैदेशिक रोजगार हो। यसका अलाबा व्यापार ब्यबसाय जस्तै ; किराना पशल, कपडा पशल, कुखुरो फर्म, मासु पसल, इलेक्ट्रिकको काम , मिलको काम, फर्निचरको काम तथा रक्सी उत्पादन र बिक्रि वितरणहरु पर्दछन। यस गाउँका अधिकांस युबाहरु बैदेशीक रोजगारिको शिलशिलामा विभिन्न खाडी मुलुक जाने गरेका छन् भने कोहि भारतीय सेना र नेपाली सेनामा पनि कार्यरत छन्। 

Comments

Popular Posts